दफा २९९
सरकारी सम्पत्ति मानिने
नेपाल सरकारको नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेको देहायको सम्पत्ति सरकारी सम्पत्ति मानिनेछ :–
(क) सरकारी घर, भवन वा जग्गा,
(ख) सडक, बाटो वा रेल्वे,
(ग) वन, जङ्गल वा वन जङ्गलमा रहेका रुख, बुट्यान,
(घ) नदी, खोलानाला, ताल, पोखरी तथा त्यसको डिल,
(ङ) नहर, कुलो वा ऐलानी, पर्ती जग्गा,
(च) खनिज वा खनिज पदार्थ,
(छ) हिमाल, भीर, पहरा, डगर, बगर, सार्वजनिक बगैँचा,
(ज) सार्वजनिक, सामुदायिक, गुठी वा कुनै व्यक्तिको नाममा रहेको सम्पत्ति बाहेकको अन्य सम्पत्ति ।